अन्नपूर्ण गाउँपालिकामा सर्वोकृष्ट अङ्क सहित कक्षा १२ उत्तिर्ण अनिता घान्द्रुकमा सम्मानित

काठमाडाैं | असोज १२, २०८०

अन्नपूर्ण गाउँपालिकामा सर्वोकृष्ट अङ्क सहित कक्षा १२ उत्तिर्ण अनिता घान्द्रुकमा सम्मानित

पोखरा:    मेश्रोम बराह माविकी विद्यार्थी अनिता जैसीले कक्षा १२ को परीक्षामा अन्नपूर्ण गाउँपालिकाबाट सर्वोकृष्ट अङ्कसहित उत्तिर्ण भएपछि घान्द्रुकमा सम्मानित भएकी छिन् ।  


कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकस्थित मेश्रोम बराह माविबाट अनिताले कमर्स (म्यानेजमेन्ट) विषयमा गाउँपालिका भित्र नै सर्वोकृष्ट अङ्क लिएर पास भएपछि विद्यालयले नगदसहित सम्मान गरेको छ । 


विद्यालयले अनितालाई नगद १२ हजारसहित सम्मानपत्रले सम्मान गरेको मेश्रोम बराह माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्षिण गुरुङले जानकारी दिए ।  राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष लिएको कक्षा १२ को परीक्षामा अनिताले ३.३८ जिपीए लिएर गाउँपालिका टप गरेकी थिईन् ।


कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङले विद्यालयबाट सहभागी भएका विद्यार्थीहरुले गाउँपालिका सर्वोकृष्ट अङ्क लिएर पास भए चार विद्यामा विद्यार्थीहरुलाई पुरस्कृत गर्ने घोषणा गरेका छन् । 


उनले मेश्रोम विद्यालयबाट कक्षा ५, ८, १० र १२ को वार्षिक परीक्षामा गाउँपालिका भित्र सर्वोकृष्ट अङ्कसहित उत्तिर्ण भए क्रमशः ५, ८, १० र १२ सहित पुरस्कृत गर्ने घोषणा गरेका हुन् । 


अध्यक्ष गुरुङले उत्कृष्ट अङ्क लिएर पास गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गर्दा अध्ययनमा रुची बढेर जाने विश्वास गरे । 


कार्यक्रममा सम्मानित अनिता जैसीले गाउँकै विद्यालयमा अध्ययन गरेर गाउँपालिकामा नै उत्कृष्ट अङ्क लिएर पास हुँदा खुशी व्यक्त गरिन् ।


गतवर्ष कक्षा १२ को वार्षिक परीक्षामा मेश्रोम बराहबाट ३३ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए । जसमा अनिताले गाउँपालिका भित्र नै उत्कृष्ट अङ्क लिएर उत्तिर्ण भएकी हुन् । 


सोही अवसरमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थीहरुले स्वागत गरेका छन् । कार्यक्रमको अवसरमा विद्यार्थीहरुले सांगितिक कार्यक्रम समेत आयोजना गरेका थिए । 


कार्यक्रम कक्षा १२ का विद्यार्थी लक्ष्मी ल्वाइगुनको अध्यक्षता, प्रमिला क्षेत्रीको स्वागत र विद्यार्थी राजेश गुरुङ, स्वेता विकको सञ्चालनमा सम्पन्न भएको थियो ।  
 

 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्